शशी शर्मा बाहिरिएपछि आईओएममा अब के हुन्छ ?

काठमाडौँ, २८ पुस — सर्वोच्च अदालतले पाँच दिनअघि डा. शशी शर्मालाई चार दिनका लागि चिकित्सा विज्ञान प्रतिष्ठान (आईओएम) को डिनमा पुनर्बहाली गर्न आदेश दिएको थियो । १४ महिनादेखि डिन सम्हालिरहेका डा. जगदीश अग्रवाल एकाएक बाहिरिए । चार दिनका लागि बहाल भएका शर्माको कार्यकाल बिहीबार सकिएसँगै अब के हुन्छ भन्ने अन्योल देखिएको छ ‘बिहीबार पाँच बजेदेखि मेरो चारदिने कार्यकाल सकियो,’ शर्माले भने, ‘त्रिविले केही समय बसिदिन आग्रह गरेको थियो, म विवादित बन्न चाहन्नँ भन्ने जवाफ दिएँ ।’ उनले अब जसलाई डिन बनाए पनि डा. गोविन्द केसीलाई जिस्क्याउने र फेरि अनशन बस्नुपर्ने गरी नबनाउन आग्रह गरेका छन् प्रधानन्यायाधीश गोपाल पराजुली र दीपकुमार कार्कीको इजालसले अग्रवालको नियुक्तिलाई समेत वैधता दिँदै शर्मालाई पुनर्बहाली गर्न पुस २३ मा आदेश दिएको थियो शर्माको अवधि सकिएपछि अग्रवाल पुन: फिर्ता हुने वा त्रिविले नयाँ डिन खोजी गर्ने भन्ने अन्योल देखिएको छ । ‘अन्योल केही छैन, समय अवधि बाँकी भएको डिन अदालतको आदेशबाट आएपछि कार्यरत डिन अग्रवाल जगेडामा पर्नुभयो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘शर्मा म्याद सकिएर बाहिरिएपछि अग्रवालले स्वत: पद बहाली गर्न पाउने गरी अदालतले आदेश दिएको छ । आदेशमाद्विविधा नै छैन ।’अदालतको आदेशमा अग्रवालको नियुक्तिलाई गैरकानुनी भन्ने पुष्टि गर्ने आधार नभएको उल्लेख छ । ‘जहाँ हाल नियुक्त भएका प्रा.डा. जगदीशप्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैरकानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको र एउटा संस्था सञ्चालनमा डिनको अभावमा पर्न सक्ने असरलाई पनि न्यायको रोहमा विचार गर्नुभएकाले अग्रवालको नियुक्तिलाई मुद्दामा बोल्न मिलेन,’ आदेशमा भनिएको छ त्रिविका उपकुलपति प्रा. तीर्थ खनियाँले डिनको म्याद सकिएपछि पद रिक्त हुने नियम रहेको बताए, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?