ओली थाइल्याण्ड भएको भोलिपल्टै माधव नेपाल बंगलादेश

काठमाडौँ, २७ पुस – नेकपा एमालेका नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने आज त्यसतर्फ प्रस्थान गरेका छन् ढाकामा हुने बैठक शुक्रबार र शनिबार चल्नेछ । बैठकमा नेपाल सहित नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी हुनुभएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । नेता नेपाल यही माघ १ गते स्वदेश फर्कन कार्यतालिका छ । हिजोमात्रै एमाले अध्यक्ष केपी ओली थाइल्याण्ड भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?