तिहार नजिकिएसँगै यस्तो छ सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार प्रतितोला ७० हजार २ सय रहेको छापावाला सुनको मुल्य बुधवार तोलामा २ सयले बृद्धि भई प्रतितोला ७० हजार ४ सय कायम भइ कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार १ सय रहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्यमा स्थिरता छाएको छ । मंगलबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रुपैयाँ रहेको थियो । साथै बुधवारपनि त्यहि मुल्य अर्थात ८ सय ५० रुपैयाँनै रहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?