९ चैत्र २०७९, बिहीवार

नुवाकोटको सुर्यगढीका बयालिस घरधुरी पहिरोको जोखिममा

२०७४,भाद्र,२८,बुधबार १४:३२

0
Shares

नुवाकोट, २८ भदौ ।निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन ।उनीहरुले बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन ।भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् ।पहिरोको जोखिमका कारण नयाँ घर बनाउन सुरक्षित स्थानको अभावले पीडितले घर बनाउनबाट बञ्चीत भएपछि सुरक्षित स्थानमा स्थानान्तरण र आवास निर्माणका लागि जग्गाको व्यवस्था मिलाउन पीडित परिवारले माग गरेका छन् ।भूकम्पले घरमा क्षति पु¥याएर पीडित भएकालाई पहिरोले बस्ती नै बगाउन थालेपछि नयाँ घर बनाउन सुरक्षित स्थानमा घडेरीको व्यवस्थापन गरिदिन प्रभावितले पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटसमक्ष माग गरेका छन् ।भूकम्पले आवास क्षति पु¥याएर अस्थायी बासस्थान बासोबास गर्दैै आएकाको सिङ्गो बस्ती पहिराको समेत जोखिममा परेकाले ज्यान जोगाउन मुश्किल भएको पीडित रुद्रबहादुर अधिकारीले बताए ।सूर्यगढी–४ का वडाध्यक्ष वासुदेव अधिकारीका अनुसार विसं २०६६ देखि पहिरो बग्न थालेको कटुञ्जेमा भूकम्पपछि थप हुँदै गएको हो । भूकम्पपछि पहिराले क्षति पु¥याएको जमिनको परीक्षण गरेका भू–गर्भविद्ले गाउँ असुरक्षित भनेपछि दीर्घकालीन सुरक्षित स्थानको व्यवस्था गर्न पीडितले पुनःनिर्माण प्राधिकरण, गाउँ र जिल्ला दैवी प्रकोप उद्धार समितिसमक्ष समेत निवेदन दिएका छन ।सरकारले जोखिम बस्तीका बासिन्दा, सुकुम्बासी, भूमिहिनका लागि सुरक्षित स्थानमा घडेरी खरिद गर्न बढीमा रु दुई लाखसम्म दिने अथवा १० परिवार मिलेर संयुक्तरुपमा निवेदन दिएमा एकीकृत बस्तीको निर्माणमा सहयोग पु¥याउने कार्यविधि भए पनि कार्यान्वयन नहुँदा पहिरोको जोखिमका बासिन्दाको पुनःस्थापना कठिनाइ भएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार १४:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् । नेपाली

काठमाडौं । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००