धनगढी, पुस २७ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आंगिक बनाउन लागेका त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसले विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्ने बताएका छन् त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बन्दा गम्भीर नभएमा त्यहा“ अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलमा पर्न सक्नेमा चिन्ता व्यक्त गरेका छन् त्यस्तै त्रिवि मातहतका क्याम्पसलाई आंगिक बनाउन लागेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि त्रिविले नै सञ्चालन गरिरहेका कार्यक्रम र पाठ्यक्रम परिमार्जन गरेर अध्यापन गराउनु नया“ विश्वविद्यालय नभएको भन्दै त्रिविप्रतीको सरकारीको दृष्टिकोण के हो भन्ने कुरा समेत चाल नपाएको बताएका छन् त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आंगिक बन्न चाहाने र बनाउने दुवै पक्षले विद्यार्थीको भविष्यप्रती गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् त्रिभुवन विश्व विद्यालय मातहतका १५ वटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसको रुपमा विस्तार गर्न लागेपछि त्रिविका पदाधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् आंगिक क्याम्पस बन्दा आवश्यक कानुनी प्रक्रिया सम्बन्धीत क्याम्पसहरुले नपु¥याएमा विद्यार्थी विचल्लीमा पर्न सक्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार तथा प्राध्यापक दिल्लीराम उप्रतीले बताए यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा जाने तयारीमा रहेका त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुलाई पूर्ण सहयोग रहने तर नागरीकलाई राम्रो सेवा दिनुपर्ने धारणा व्यक्त गरे त्रिभुवन विश्वविद्यालयकी शिक्षा अध्यक्ष शुदा त्रिपाठीले भने त्रिविप्रतिको सरकारको दृष्टिकोण के भन्ने कुराको नै चाल नपाएको भन्दै, त्रिविकै पाठ्यक्रम कपी पेष्ट गरेर अध्यापन थालेका विश्वविद्याय नया“ नै नभएको बताएकी छिन् त्रिविकै पाठ्यक्रम, कर्मचारी लगेर विश्वविद्यालय सञ्चालन गरी नयाँ भन्ने गलत भएको उनको ठहर छ तर, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो पाठ्यक्रम नै नबनाईकन अन्य क्याम्पसलाई आंगिक क्याम्पस बनाउने कुरा हतारो मात्र भएकाले यसले ठोस उपलब्धी दिन नसक्ने बुझाई त्रिविका पदाधिकारीको रहेको पाईन्छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यसअघि नै त्रिवि मातहतका प्रदेश नम्बर ७ का १५ क्याम्पसलाई आंगिक बनाउने तयारी थालिसकेको छ । त्यसका लागि केही महिना अगाडि मात्र विश्वविद्यालयले प्रस्ताव गरेका ४ सय ४४ दरबन्दी स्वीकृत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया