पण्डित बाजेको लौरी युट्युबमा

काठमाडौं । चलचित्र पण्डित बाजेको लौरी युट्युबमार्फत सार्वजनिक भएको छ । चलचित्रले हलमा भने दर्शक तान्न सकेको थिएन । तर, हेरेका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । पण्डितको पण्डित्याइँ र वादी समुदायको कथा रहेको यो चलचित्रलाई दीपक ओलीले निर्देशन गर्नुभएको हो ।

प्रविण खतिवडा, सन्ध्या केसी, मरिष्का पोखरेल, विजय बराज, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, लोकेन्द्र लेखक लायतका कलाकारले अभिनय रहेको चलचित्रलाई महेश दवाडीले लेख्नु भएको हो । यस्तै चलचित्रमा थपन कुमार भण्डारीको निर्माण, विदुर पाण्डेको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?