डा केसीले गरे आदेशको प्रशंसा, तर माग पूरा नहुदाँसम्म अनशन जारी

काठमाडौँ, २७ पुस – प्रा डा गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताएका छन् अदालतको अवहेलना मुद्दामा पक्राउ परी बुधबार साधारण तारेखमा छुटेपछि आज प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा डा केसीले आफ्ना माग पूरा नभएकाले अनशन जारी रहने स्पष्ट पारेका हुन् “अदालतको सम्मानप्रति मेरो सधैँ सम्मान रहेको छ”, उनले विज्ञप्तिमा भनेका छन् , “प्रधानन्यायाधीशबारे मैले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएर सर्वोच्च अदालतले उनलाई न्यायिक छानबिनको दायरामा ल्याएकोमा सो आदेशको प्रशंसा गर्दछु ।”छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गर्दै प्रा डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुञ्जेल आफ्नो अनशन जारी रहने बताए चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि १४औँ अनिश्चितकालीन आमरण अनशन शुरु गरेका थिए प्रधानन्यायाधीशको राजीनामा र उनले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उनलाई अदालतको अवहेलना गरेको आरोपमा सोमबार साँझ नै पक्राउ गरिएको थियो गत मंगलबार र बुधबार अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै प्रा डा केसीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?