कठ्याग्रिंएर सर्लाहीमाा थप २ को मृत्यु

एसपी यादवसर्लाही, पुस २७ । अत्यधिक चिसोका कारण सर्लाहीमा कठ्याग्रिंएर थप दुइ जनाको ज्यान गएको छ मृत्यु हुनेहरुमा बसबरिया गापा वडा नं.१ मानपुरका ६५ बर्यिया सियादेवी यादव र चक्रघट्टा गापा वडा नंं. ४ सुन्दरपुरका ६२ वर्षिय मोहम्मद हुसेन रहेका छन् न्यानो कपडाको अभावमा उनीहरुको राती सुतेकै ठाउँमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानियवासीहरुले बताएका छन् । मृतकको शव परीक्षणका लागि सर्लाही जिल्ला अस्पताल मलङ्ग्वामा ल्याइएको सर्लाही प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी गराएका छन् अत्यधिक चिसोका कारण न्यानो कपडाको अभावमा हिजो बुधवार अपराह्न ब्रम्हपुरी गापा वडा नं.६ नोकैल्वाका तेतर माझीका ५ वर्षीय छोरा होरिल माझीको मृत्यु भएको थियो । यो सँगै सर्लाहीमा चिसोका कारण मृत्यु हुनेको संख्या ३ पुगेको सर्लाही प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जनाएका छन् लगातार बढदै गएको चिसोका कारण सबैभन्दा बढी विपन्न वर्गका बृद्ध र बालबालिकाहरु प्रभावित भएका छन् । चिसो हवासँगै २ दिनदेखि सर्लाहीमा शीतलहर भइरहेको छ चिसोका कारण विपन्न परिवारका व्यक्तिहरुको मृत्यु हुने क्रम बढे पनि सर्लाही प्रशासन भने मौन रहेका छन् । स्थानीय प्रसाशनले राहतका कार्यक्रमहरु ल्याउन नसकेको पीडित पक्षले गुनासो गरेका छन् नेपाली सेनाका रणशेर गण मलङ्ग्वाका मेजर तप्त कार्कीका अनुसार- मलङ्ग्वामा रहेका विपन्न बस्तीहरु लगायत मलङ्ग्वाका विभिन्न चोकहरुमा नेपाली सेनाको घुम्ती टोलिले चिया पकाएर खुवाउने र काठको मुढो बाल्नुका साथै अत्यधिक चिसोबाट बच्ने उपायहरुका बारेमा स्थानीय जनताहरुलाइ सुसूचित गर्ने कार्य जारी रहेको बताए यस विषयमा थप जानकारीका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालसंग प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने- दैवीप्रकोप उद्धार समितिको बैठकमा जनप्रतिनिधीहरुलाई जिल्ला वन कार्यालयसँग समन्वय गरि जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिइ सकिएको बताए स्थानीय निकायहरुले केही स्थानहरुमा आगो ताप्ने व्यवस्था गरे पनि त्यो पर्याप्त नभएको स्थानीयको गुनासो छ । साथै उनीहरुले आगो ताप्ने व्यवस्था वाहेक न्यानो लत्ताकपडा लगायतका राहत सामग्री वितरण गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?