बालगायक प्रिन्स सिलवालको ‘मखमली फुल्यो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । बालगायक प्रिन्स सिलवाल देउसी भैलो गीत ‘मखमली फुल्यो’ सार्वजनिक भएको छ । बालगायक गायिका दिप्सी भट्ट र प्रिन्स सिलवालको स्वर रहेको गीत लोक शैलीमा तयार भएको छ ।

सिल्लवाल र भट्टले यस अघि दशैँ गीत पनिसगैँ गायका थिए । भिडियो भने अष्ट्रेलियामै निर्माण भएको छ ।

देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियोमा मादल, खैजेडुको अलवा नेपाली कल्चरल ड्रेसमा गायक गायिका लगायत प्रस्तुत भएका छन् । जीवन कार्कीको शब्द रहेको गीतमा रमेश पाठकले संगीत भरेका छन् । भिडियो गायिका दिप्सीका बुबा दीपेन्द्र भट्टले नै निर्देशन गरेका हुन् ।

पछिल्लो समय उनको ‘बाबा’ नामक एकल म्युजिक भिडियो सार्वजनिक भएको थियो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर १२ वर्षीय प्रिन्सले गीत ल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?