धनगढीमा थ्रीस्टारलाई धक्का, नेपाल आर्मीसामु निरीह बन्यो

कैलाली, २७ पुस । १४ महिनापछि फुटवलमा फर्किएको रुस्लान थ्री स्टारलाई हराउँदै विभागीय टोली नेपाल आर्मी धनगढीमा भईरहेको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा पुगेको छ बिहीवार धनगढी रंगशालामा भएको तेश्रो क्वाटरफाईनलमा थ्री स्टारमाथि २–१ को जित निकाल्दै नेपाल आर्मी अन्तिम चारमा पुगेको हो थ्र्री स्टारलाई हराएको आर्मीले फाईनल प्रवेशका लागि पुस २९ गते मनाङ मस्याङ्दी र अग्नि रुपन्देही ११ वीचको विजेतासँग खेल्नेछ दुवै टोली वीच बिहीवार धनगढी रंगशालामा खेल हुनेछ । सुरुवातको ६ मिनेटमै गोल गर्दै आर्मीका नवयुग क्षेष्टले आफ्नो टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको आर्मीका लागि दोस्रो हाफको ४९ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै अग्रता दोव्वर पारे । तर त्यसको ४ मिनेटपछि थ्री स्टारले एक गोल गर्दै खेललाई २–१ को अवस्था ल्यायो दोस्रो हाफमा आर्मीलाई दवावमा राखेको थ्री स्टारले दर्जनौ मौकाहरु प्रयोग गर्न नसक्दा कुनै गोल हुन सकेन् भने नतिजा २–१ ले आर्मीको पक्षमा गयो । आर्मीका कप्तान भरत खवास खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे । बिहीवार अन्तिम क्वाटरफाईनल खेल मनाङ र रुपन्देही वीच हुनेछ आर्मी सेमिफाईनल पुग्दा सुदुरपश्चिम ११ र एपीएफ पनि यस अघि नै प्रतियोगीताको समीफाईनलमा पुगीसकेका छन् । फाईनलमा लागि एपिएफ र सुदुरपश्चिम ११ वीच ३० गते सेमिफाईनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?