विराटनगर टाईटन्सलाई पछार्दै क्याट क्विन्स काठमाडौं फाईनलमा

काठमाडौं । क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाईनलमा प्रवेश गरेको छ ।

काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाईनलमा प्रवेश गरेको हो । अव आगामी विहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर टाईटन्सले दिएको ६९ रनको सामान्य लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ ओभर ५ बलमा मात्र विकेट गुमाएर पूरा ग-यो ।

काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन । विराटनगरलाई समेटन काठमाडौंकी कप्तान रुविना क्षेत्रीले ४ विकेट लिएकी थिइन । प्रतियोगिताको बिजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?