धनगढीमा यसरी मनाइयो पृथ्वी जयन्ति

गगन अयडीधनगढी पुस २७ । आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती आज धनगढीमा पनि विविध कार्यक्रम गरि मनाइएको छ नेपालबाट राजतन्त्र हटेसंगै मनाउन छोडिएको पृथ्वी जयन्ती यस वर्ष सरकारीस्तरबाटै मनाउने निर्णय भएपनि धनगढीमा पनि विविध कार्यक्रम गरिएका हुन् मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक विदासमेत दिएको थियो वि.स १७७९ पुस २७ मा जन्मिएका पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यहरुलाई एकीकृत गरेर आधुनिक नेपालको निर्माण गरेका थिए २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धनगढीमा पनि विभिन्न कार्यक्रम गर्दै मनाईएको छ । त्यसअवसरमा सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना बाचन गर्दै स्वर्गीय पृथ्वी नारायण शाहको सम्झना गरे । नेपालमा भएको राजनीतिक परिवर्तनसंगै सरकारले पृथ्वी जयन्तीलाई पनि मनाउन छोडेको थियो । तर आज एघार वर्षपछि पुन सार्वजनिक विदा दि“दै पृथ्वी जयन्ती मनाइएको छ । राजतन्त्रको अन्त्यसंगै पृथ्वी नारायण शाह बाहेकका राजाहरुले गरेका गल्तीहरुका माझ उनलाई पनि समेटेपछि पृथ्वी जयन्तीको विरोध उत्पन्न भएको थियो त्यसबीचमा आधुनिक नेपालका निर्माता शाहको औपचारिक जन्मजयन्ती मनाउन नपाएकाहरुले लामो समयपछि पुनः पृथ्वी जयन्ती मनाउन पाएपछि खुशी महसुस गरेको सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी बताउनुहुन्छ । पृथ्वी नारायण शाहले एकीकरण गरि निर्माण गरेको देशको पछिल्लो राजनीतिक अवस्था हेर्दा निकै नाजुक रहेको छ । विभिन्न धर्म जातिबीच पनि द्धन्द्ध प्रतिद्धन्द्ध भइरहेको देख्न सकिन्छ । यसले देश उभोगतिर नलाग्ने समाजविद्हरुको भनाई छ यसका लागि अहिलेका नया“ पीडिले पृथ्वी नारायण शाहले देशका लागि गरेको संघर्ष र बलिदान स्मरण गर्दै आत्मसाथ गर्न सके देशमा परिर्वतन सम्भवन हुने समाजका महासचिव हरिकृष्ण कडायतको भनाई छ ।देशबाट राज संस्था हटाइएपनि पृथ्वीनारायण शाहको योगदानलाई भने जनताले बिर्सेका थिएनन् यसअघि सरकारीस्तरबाट औपचारिक रुपमा पृथ्वी जयन्ती नमनाइएको भएपनि जनस्तरमा भने उनको योगदानको स्मरण गर्दै सामान्य रुपमा जन्मजयन्ती मनाइ“दै आइएको थियो देश निर्मातालाई बिर्सेको भन्दै सरकारको विरोध हुन थालेपछि यस वर्ष भने सार्वजनिक विदासमेत दिइयो । जुन निर्णयको जनताले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?