अन्ततः यस्तो सहमती गर्दै छुटे गायक दुर्गेश थापा

काठमाडौं । विवादित गीतका कारण प्रहरी हिरासतमा रहेका गायक दुर्गेश थापा युट्युबबाट उक्त गीत हटाएसँगै छुटेका छन् । तिहारको सन्दर्भ पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिनुभयो ।

उक्त विवादित गीत युट्युबबाट हटाउन दुर्गेशले सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?