युटुवबाट हट्यो दुर्गेश थापाको विवादित गीत

काठमाडौं । गायक दुर्गेश थापाको विवादमा परेको ‘तिहार गीत’ यूट्यूवबाट हटाइएको छ ।

थापाको गीतले सामाजिक सदभावमा खलल पुर्याएको भन्दै विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । साथै त्यसैको आधारमा थापालाइ प्रहरीले समातेर अनुसन्धान गरिरहेको छ ।

थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

चौतर्फी विबाद साथै आलोचनाका कारण प्रहरीको अनुरोधमा उक्त गीत थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?