गायक दुर्गेश थापा पक्राउ, यस्तो छ कारण

काठमाडौं । नेपाली साङ्गितिक जगतमा दर्शक तथा स्रोतालाइ केही फरक किसिमको साङ्गितिक स्वाद चखाउँदै आएका गायक दुर्गेश थापालाई प्रहरीले प्रक्राउ गरेको छ ।

गायक थापाले गाएको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतको सन्दर्भमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।

साथै सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विपरीत भएकाले उनलाई नियन्त्रणमा लिइएको पनि थापाले जानकारी दिनुभयो ।

थापाकाे उक्त गीत सार्वजनिक भएसँगै परेको उजुरीका कारण युटुबबाट हटाउन खोजिएको बताउँदै आएका थिए । उक्त गीतमा चिसो बियर मात्र नभएर गाँजा सेवनलाइ समेत प्रोत्साहन गरिएको भन्दै थुप्रै उजुरी परेको थियो ।

साथै काम गर्ने क्रममा केही गल्ती भएको भने गायक थापाले स्विकार्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?