जब आफ्नै स्कुल बसले किचेर आठ वर्षीय बालकको मृत्यु भयो

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा आफ्नै विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । आठ वर्षीय नवीन घिमिरेको मृत्यु भएको हो ।

छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले सोमबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध समेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?