दाङमा यात्रुबाहाक बस दुर्घटना, २२ जना घाइते

काठमाडौं । दाङमा दुई यात्रुबाहाक बस एकापसमा ठोक्किदा २२ जना यात्रु घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–३ बर्गदुवाचोकमा घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते २२ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?