‘छ माया छपक्कै’ ले गर्यो १० करोड व्यापार, हर्षित हुँदै यसो भन्छन् निर्माता

काठमाडौं । असोज २४ गतेबाट देशभर प्रर्दशनमा आएको चलचित्र ‘छ माया छपक्कै’ले दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ ।

चलचित्र प्रदर्शनको पहिलो साता जस्तै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीले बताउनुभयो ।

निर्माता अधिकारीका अनुसार चलचित्रले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो साथै ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएको उँहाकाे भनाइ रहेको छ ।

प्रदर्शनको दुई दिन अर्थात २४ र २५ असोजमै तीन करोडको व्यवसाय गर्न सफल चलचित्रले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीको दाबप् रशेको छ ।

देशभरिकै हलहरुमा दर्शकको उपस्थिति अनुपात बढ्दो क्रममा भएकाले फिल्मले अझै केही साता राम्रो व्यवसाय गर्ने अधिकारी समेत दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?