काँग्रेसले जिते मधेशको मुद्दा सम्बोधन : प्रधानमन्त्री देउवा

जनकपुरधाम, २८ भदौ ।प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन ।जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने कांग्रेसको चाहाना भएको बताए । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँगे्रसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गरे ।मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको देउवाले उल्लेख गरे र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँगे्रसलाई अग्रस्थान दिलाउन आग्रह गरे ।प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिए ।जनकपुरको विकासका सन्दर्भमा भारतीय पक्ष जटही नाका खोल्न राजी भएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।सभालाई संवोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताए ।महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली काँगे्रस पर्याय भएकाले मधेशमा काँगे्रसलाई पहिलो दल बनाउन आवश्यक भएको बताईन ।पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताए ।नेपाली काँगे्रस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको सो सभामा केन्द्रीय सदस्य बालकृष्ण खाँण, आनन्दप्रसाद ढुंगाना, प्रदीप गिरि, महेन्द्र यादव, रामकृष्ण यादव, सांसदहरू लीला कोइराला, चन्द्रमोहन यादव र प्रेमकिशोर साहले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?