प्रिमियर लिग : सेफिल्ड युनाईटेडसँग आर्सनल स्तब्ध

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद हार आत्मसाथ गरेको छ । सोमबार राति भएको खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडले आर्सनललाई १-० गोल अन्तरले पछि पारेको हो ।

घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरे । जितसंगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल भएको छ ।

प्रिमियर लिगमा फर्किएपछि सेफिल्डले ठुलो जित निकाल्न सफल भएको हो । उसले नवौ स्थानमा उक्लिनका साथै रेलिगेशन जोनसंग ४ अंकको अग्रता लिन सफल भएको छ ।

हारसंगै आर्सनल शीर्ष चार भित्र अटाउन असफल रह्यो । आर्सनल १५ अंक सहित पाँचौ स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?