‘वालेन डी ओर’ को प्रारम्भिक सूचि सार्वजनिक (नामावलीसहित)

एजेन्सी । ‘वालेन डी ओर’ को प्रारम्भिक ३० खेलाडीको सूचि सार्वजनिक भएको छ । सूचिमा लिभरपुलका दबदबा देखिएका छन् । प्रारम्भिक ३० खेलाडीको सूचिमा लिभरपुलका ७ खेलाडी परेका छन् । रोनाल्डो र मेस्सी प्रारम्भिक सूचिमा छन् ।

मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जिन्हो विजनाल्डम र एलिसन लिभरपुलबाट अवार्डको सूचिमा परेका हुन् ।

यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचिमा छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचिमा छन् ।

यस्तै टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचिमा अटाएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचिमै अटाउन सकेनन् ।

गत बर्षको च्याम्पियन्स लिग विजेता खेलाडी रहेको लिभरपुलका खेलाडीको बाहुल्यता रहेको सूचिमा प्रिमियर लिग क्लब सिटीबाट दोस्रो धेरै खेलाडी परेका छन् ।बार्सिलोनाबाट मेस्सी सहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन परेका छन् ।

आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् । रियल मड्रिडका फरवार्ड ईडेन हजार्डले समेत सूचिमा स्था बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?