विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, २७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामुहिक रुपमा राजीनामा दिने भएका छन् त्यस्तै, गिरिराजमणि पोख्रेलको नेतृत्वमा विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताए साथै अर्का नेता कृष्णबहादुर महरा उपत्यका बाहिर रहेकाले मन्त्री पोख्रेलकै नेतृत्वमा सम्भव भए आजै साँझ राजीनामा बुझाउने तयारी भएको शर्माले जानकारी दिए गत जेठमा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?