२५ औँ फिल्मले केकीलाई राहात

काठमाडौं । नायिका केकी अधिकारीको चलचित्र यात्रा स्वर बाट प्रारम्भ भयो । २४ औँ फिल्मसम्म पनि नायिका अधिकारीले हिट फिल्म दिन नसकेको यर्थाथ छ । तर केकीको चर्चा भने कम भएको थिएन । एक पछि अर्काे चलचित्र फ्लप हुदै गएपनि निर्देशक तथा निर्माताको आँखामा केकी परिरहनुभयो ।

तर नायिका अधिकारीले अभिनय गरेको चलचित्र छ माया छपक्कैले निकै राम्रो व्यापार गर्याे । मुख्य भूमिकामा रहेकी केकीलाई पनि फिल्मले हिट नायिकाको ट्याग दियो । फिल्म सुपरहिट भयो ।

चलचित्र छ माया छपक्क हिट भएपनि क्रेडिट भने केकीको भागमा परेको छैन । फिल्म हेर्नेले केदार घिमिरे(माग्ने बुढा) को तारिफ गरेका छन् । तर, क्रेडिट नपाए पनि अब केकीलाई फ्लप हिरोइन भने कसैले भन्ने छैनन् । छ माया छपक्कैले दिएको सफलताले केकीको करिअरमा छलाङ मार्ला भनेर भन्न त सकिन्न तर केकीलाई राहत भने पक्कै मिलेको छ ।

हिजो फ्लप चलचित्र दिएर पनि आफू हिट रहेकी केकीलाई अव भने हिट चलचित्र दिएकी हिट नायिका रुपमा परिचित छ माया छपक्कैले गराईदिएको छ । त्यसो त कोषेढुंगा सावित बनेको चलचित्र छ माया छपक्कै नायिका अधिकारीको लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?