कस्ले जित्ला ‘लोक स्टार’को उपाधी ? ग्रान्ड फिनाले कात्तिक ८ गते

काठमाडौं । मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ को ग्रान्ड फिनाले कात्तिक ८ गते काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा हुने भएको छ ।

साँझ ५ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ भने उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ । ‘नेपाल लोक स्टार’मा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे गरी चार जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन् ।

‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् ।

‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ ९करसहित० पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?