१८ फाल्गुन २०८०, शुक्रवार

सेनाद्वारा बाढीले भत्किएका प्रदेश नं २ का सडक मर्मत सम्पन्न

२०७४,भाद्र,२८,बुधबार १३:१३

0
Shares

काठमाडौँ, २८ भदौ । गत साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत कार्य सम्पन्न भएको छ ।आगामी असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनतालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नति कार्य आजबाट सम्पन्न गरेको जनाएको छ ।सेनाले पर्सा जिल्लाका चार स्थानमा एक किलोमिटर सडक र एउटा कल्भर्ट, बाराको पाँच स्थानमा सात किलोमिटर सडक, रौतहटको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानमा चार किलोमिटर सडक र एउटा पुल, सर्लाहीको चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिकाको विभिन्न १४ स्थानमा १५ किमि सडक र तीनवटा कल्भर्ट, महोत्तरीको लोहरपट्टि गाउँपालिकाको चार किमि सडक, दुईवटा पुल र तीनवटा कल्भर्ट, धनुषाको जनकपुर उपमहानगरपालिका र ककनपट्टिको विभिन्न १० स्थानमा ७२७ मिटर सडक र तीन कल्भर्ट, सिरहा जिल्लाको विष्णुपुर, बरियापट्टि गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० स्थानमा तीन किमि सडक र १० वटा कल्भर्ट, र सप्तरीको शंखरापुर, तिगाढी–कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको आठ स्थानमा पाँच किमी सडक मर्मत तथा स्तरोन्नति सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार १३:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

ताजा समाचार

‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८