अमिताभ बच्चनसँग मिलेर कंगनाले यस वर्ष हंगामा मच्याउने

एजेन्सी । बलिउड अभिनेत्री कंगनाका लागि गतवर्ष फलदायी रहेन । तर, २०१८ ले सुरुवातमै उनको जीवनका केही सुख लिएर आएको छ । एकातर्फ उनको मनपर्ने घर मनाली बस्नका लागि योग्य भएको छ भने अर्काे तर्फ उनलाई चलचित्र अभिनयमा बलिउडका बिग बि अमिताभ बच्चनको साथ मिलेको छ कंगना सबैभन्दा बढी खुशी हुनुको कुरो अर्काे पनि छ । त्यो के हो भने गतवर्ष उनी जसको कारणले विवादमा घेरिएकी थिइन् । यसवर्ष सोही अर्थात करण जौहरकै कारण उनलाई खुसी मिलेको छ गतवर्ष बक्स अफिसमा उनका कुनै चलचित्रले सफल भएनन् । तर यसवर्ष उनी मणिकणिकाको ‘द क्वीन आफ झांसी’ का कारणले धमाल मच्चाउने भएकि छिन् यस चलचित्रमा अमिताभ बच्चन कंगनाको आफन्तको भूमिकामा रहनेछन् । यस चलचित्रको तयारी बिगत २ महिनादेखि कंगनाले गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?