नेप्कीनमा युवाह?को नयाँ प्रयोग, गरियो ट्रेलर रिलिज (भिडियो)

नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरुले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो फिल्म निर्माण गरेका हुन् ट्रेलरमा वेरोजगारीका कारण युवाहरुले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ । गुण्डागर्दी, अपराध र त्यसपछि हुने बदलाभको भावनालाई ट्रेलरमा समेटिएको छ । युवा निर्देशक विनायक लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् सुवास मगरले छायांकन गरेको फिल्ममा भूपेन्द्र बानको द्धन्द रहेको छ । बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा यो चलचित्रको च्यारिटी शो गरिएको छ । फिल्मको रिलिज मिति भने तय हुन बाँकी छ हेर्नुहोस ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?