यसरी बन्न सकिन्छ मेकअप बिना नै सुन्दर र आकर्षक

१. प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ २. अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ३. नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन ४. दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ५. दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ ६. बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस् । यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ७. नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ ८. यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ । साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?