विकासले गति नलिदा निर्माण सामाग्रीको मुल्यमा कमि

कठमाडौं । भौतिक संरचना निर्माणको कामले गति लिन नसक्दा निर्माण सामाग्रीको मुल्य घटेको पाइएको छ । ०७२ को महाभूकम्पले भत्काएका घर निर्माण धमाधम भइरहेको समयमा निर्माण सामग्रीको भाउ बढ्दा उपभोक्ता निराश बनेका थिए। गत वर्षको तुलनामा पनि यो वर्ष निर्माण सामग्रीको मूल्य घटेको निर्माण सामग्री विक्री वितरक बताउँछन्।

धेरैजसो सामाग्रीको मूल्य अन्तराष्ट्रिय बजारमा नै घटेका कारण पनि नेपालमा पनि घटेको पाइएको छ ।

ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार फलाम र डन्डीको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेको कारण नेपालमा पनि घटेको छ । प्रति केजी डन्डीको मूल्य तीन महिनायता १२/१३ रुपैयाँले घटेको उहाँले जानकारी दिनुभयो ।

गत वर्षभन्दा यो वर्ष सिमेन्टको मूल्य प्रतिबोरा ७५ देखि १०० रुपैयाँले घटेको श्रेष्ठले जानकारी दिनुभयो। त्यसैगरी, डन्डीको मूल्य किलोमा १० देखि १५ रुपैयाँले घटेको छ। अहिले डन्डीको मूल्य बजारमा प्रतिकेजी ७२ देखि ७५ रुपैयाँ रहेको श्रेष्ठले बताउनुभयाे ।

त्यसैगरी, पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ६०० देखि ६५० रुपैयाँसम्म रहेको छ भने ओपिसी सिमेन्टको मूल्य बोरामा ७ सय ५० देखि ८ सयसम्म रहेको छ।

साथै त्यस बाहेकका अन्य निर्माण सामाग्रीमा टिट्टी तथा बालुवाको मुल्य स्थिर व्यबसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?