जिग्री–पाँडेको लोकप्रियता देखेर सोम धितालमा जलन, भयो यस्तो खुलासा !

काठमाडौं । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी दिएसँगै अनावश्यक लफडा गरेको खुलासा भएको छ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’को चरित्र र पात्र ‘सक्किगोनि’ले कपि गरेको भन्दै मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दिएको थियो ।

भएको के हो ?

‘भद्रगोल’मा प्रयोग भएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाडे’ लगायत केही कलाकारको ‘रोल’ हुबहु भएको भन्दै उनले पछिल्लो लफडा सुरु गरेका हुन् ।

धितालले ‘भद्रगोल’मा प्रयोग भएका पात्र हुबहु प्रयोग नगर्न ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रियसन र त्यसका कलाकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि अटेर गरेकोले आफू न्यायका लागि प्रहरीमा आएको बताए ।

यता ‘सक्किगोनि’मा आफुहरुले प्रयोग गरेको पात्र र चरित्र आफ्नो भएकोले जुनै श्रृखलामा पनि प्रयोग गर्न पाउने अर्जुन घिमिरे ‘पाँडे’ बताउँछन् ।
मिडियाहवसँग मिलेर कार्यक्रम गर्दा पनि एग्रिमेन्टमा पात्र र चरित्र आफ़ुहरुमै रहने गरि गरिएकोले एग्रिमेन्ट अवधी भरमा पात्र र चरित्र सुरक्षित रहने उनको दाबी छ ।
केही अगाडिसँग ‘भद्रगोल’ जेपिटी क्रियसनले निर्माण गर्ने गर्दथ्यो । भने प्रशारण जिम्मेवारी मिडियाहवको थियो । त्यसबापत मिडिया हवले जेपिटी क्रियसनलाई निर्माण खर्च समेत उपलब्ध गराउने गर्दथ्यो । तर पछिल्लो समय मिडियाहवले ‘भद्रगोल’ निर्माण खर्च दिन आनाकानी गर्दै निर्माण भएका धेरै भागको पनि खर्च दिन बाँकी राखेपछि जेपिटी क्रियसन र त्यससँग सम्बन्धित कलाकार मिडिया हवबाट छुट्टिएका हुन् ।

जेपिटी क्रियसन र त्यससँग सम्बन्धित कलाकार छुट्टिएपछि मिडिया हवले अन्य कलाकार लिएर ‘भद्रगोल’ निर्माण प्रसार सुरु गरेको थियो । त्यसको केही समय पछि जेपिटी क्रियसनले पनि ‘सक्कियो नि’ गरेको हो ।

जेपिटी क्रियसनले सुरु गरेको ‘सक्कियो नि’ अहिलेसम्म करिब ५ भाग मात्र प्रसारण भएको छ । ५ भागमै ‘सक्कियो नि’ बर्षाैदेखि प्रसार हुँदै आएको ‘भद्रगोल’ भन्दा लोकप्रिय भएपछि मिडियाहवले पात्र र र चरित्रको बिषयमा बिवाद श्रृजना गरेको जेपिटी क्रियसनका कुमार कट्टेल बताउँछन् ।
‘आइतबार हामीलाई प्रहरीबाट पनि बोलावट आएको थियो’ कुमारले भने ‘मिडियाहवसँग भएको संम्झौता एक प्रति प्रहरीमा देखाएपछि फर्काउर्नु भयो ।’

मिडिया हवसँग जेपिटी क्रियसनलले गरेको सम्झौताको बुदा नम्बर १३ मा ‘भन्द्रगोल’ र भन्द्रगोल भित्रको सम्पुर्ण पात्रको चरित्रको अधिकार दोस्रो पक्षमा निहित रहने भएिको छ । सम्झौता पत्रमा दोस्रो पक्ष भनेर छ जेपिटी क्रियसनलाई उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?