४ कार्तिक २०७६, सोमबार १२:०९

२०७२ सालदेखि लागेन तिहार रानीपोखरीलाई (भिडियोसहित)


प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार १२:०९

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिर हरेक वर्ष भाइ टिकाको दिन मात्रै खुल्थ्यो । चेली नभएका दाजुभाइ र दाजुभाइ नभएका चेलीहरु भेला भएर भाइटिका लगाउँथे । चेली नहुने र माइती नहुनेका लागि एक किसिमको साझा चौतारी थियो यो मन्दिर । तर, वि सं २०७२ सालदेखि रानीपोखरीलाई तिहार लागेको छैन ।

बालगोपालेश्वर मन्दिर ०७२ सालको महाभूकम्पपछि सुनसान छ । पोखरीको पानी सुकाइएको छ, पानीले टमक्क देखिने जमिनमा घाँस उम्रिएका छन् । मानौं यो रानीपोखरी होइन कुनै झारपोखरी हो । मन्दिरको र समग्र रानीपोखरीको भग्नावशेषलाई हेर्दा आफ्नो इतिहास नै गर्लम्म ढलेजस्तो लाग्ने गरेको स्थानीय बताउँछन् । तर, यसपालिको भाइटिकासम्ममा पनि रानीपोखरीको पुनःनिर्माण भइसक्ने छाँटकाट देखिँदैन ।

काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच रानीपोखरीलाई कस्तो ‘मोडालिटी’मा पुनःनिर्माण गर्ने भन्ने कुरामा निकै लामो समयसम्म विवाद चलेपछि निर्माणकार्य लामो समयसम्म ठप्प रह्यो । महानगरले रानीपोखरीलाई पुनःनिर्माण गर्दा आधुनिक शैलीमा बनाउने योजना अघि सारेपछि पुरातत्त्व विभागले यसको विरोध गर्दै आएको थियो ।

अन्ततः विवाद सुल्झेको छ । पुनःनिर्माणको काम फेरि शुरु भएको छ । तर, पूरा भइसकेको छैन । अघिल्लो वर्ष सर्वसाधारणले मन्दिरको मूलढोकामै बसेर भएपनि भाइटिका मनाएका थिए । यस वर्ष पनि सोही अवस्था नहोला भन्न सकिन्न ।
निर्माणाधीन रानीपोखरीको वर्तमान अवस्था हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

२०७२ सालदेखि लागेन तिहार रानीपोखरीलाई

२०७२ सालदेखि लागेन तिहार रानीपोखरीलाई Lokpath TV Kathmandu, Nepal

Lokpathさんの投稿 2019年10月20日日曜日

Tags:

प्रतिक्रिया दिनुहोस