काठमाडौंबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीले विशेष सुचनाको आधारमा त्यहाँ पुगेर नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?