छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु

काठमाडौं । छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ ।

सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गर्नुभएको छ । सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाउनुभएको छ । सन्देशमा उहाँले इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क भाग्य समुदायको निर्माण गर्ने सदिच्छापूर्ण इच्छा अभिव्यक्त भएको उल्लेख गर्नुभएको छ ।

नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भबिष्य’ रहेको बताइएको छ ।

नयाँ सुरुवातमा विकास अवसरलाई कायम राख्दै चुतौतिको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पूरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयास गर्नुपर्ने सीले बताउनुभएको छ । उहाँले भविष्य उन्मुख चीनले ठूलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदानकर्ताको हैसियतले प्रयास गर्दै जाने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?