चीनको अर्थतन्त्र स्थिर

काठमाडौं । चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६।२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । औद्योगिक उत्पादन लगातार विकसित भैरहेको, निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको तुलनामा ५।६ प्रतिशतले बढेको चीनले जनाएको छ ।

बजारमुलक बिक्रीमा स्थिरता कायम हुँदै गएको र अघिल्ला तीन त्रैमासिक अवधिमा सामाजिक उपभोक्ता वस्तुको कुल खुद्रा बिक्रीबाट २९६ खर्ब ६७ अर्ब ४० करोड युआन आम्दानी भएको अधिकारीहरूले बताएका छन् । गत वर्षको तुलनामा यो ८।२ प्रतिशतको वृद्धि हो ।

अघिल्ला तीन त्रैमासिकमा तेस्रो व्यवसायको बृद्धिले कूल राष्ट्रिय ग्राहस्थ उत्पादन मात्रामा ६०।६ प्रतिशत योगदान सिर्जना गरेको छ । समष्टिगत द्दष्टिकोणबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र स्थिररूपमा विकसित भैरहेको तथ्याङ्कमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?