म्यानचेस्टर युनाइटेडसँग लिभरपुलको बराबरी

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबल अन्र्तगतको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ ।

युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १-१ गोलको बराबरी खेल खेलेको हो ।

खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८५ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

यस्तै खेलको ४४ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गरे पनि भीएआर रिभ्युले त्यसलाई गोलको मान्यता दिएन । मानेले बल कन्ट्रोल गर्दा ह्यान्ड गरेका थिए । जसको कारण उक्त गोलले मान्यता पाएको थिएन ।

बराबरीपछि लिभरपुलले ९ खेलबाट २४ अंक जोडेको छ । ९ खेलमा १० अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?