१६ असार २०७९, बिहीवार

भूकम्प पीडितलाई पाँच लाख राहत र नुवाकोटलाई प्रदेश राजधानी बनाउन ज्ञापनपत्र

२०७४,पुष,२७,बिहीवार ०९:२४

0
Shares

काठमाडौं, २७ पुस । नेपाली काँग्रेस नुवाकोटले भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा ३ नम्बर प्रदेशको राजधानी नुवाकोटलाई बनाउन माग गर्दैै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ यसैगरी निर्वाचनमा पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्न समेत माग गरेको छ जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले भूकम्पपीडितलाई दिएको कम रकमले तिनको घर निर्माणमा समस्या भएको भन्दै दुई लाख थप गर्न आग्रहसमेत गरेको छ यसैगरी पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य विजयका क्रममा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त स्थान देखेकाले अहिले पनि प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोट बनाउन पनि नुवाकोट काँग्रेसले माग गरेको छ भेटमा प्रधानमन्त्री देउवाले टोलीले उठाएका मागमा आफू गम्भीर भएको र यस विषयमा छलफल गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,२७,बिहीवार ०९:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षको बैठक बस्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले गरेको भनेको राजीनामामा ट्विीस्ट देखिएको छ । बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएको

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरित् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन्

ताजा समाचार

यस्तो छ विदेशी मुद्राको विनिमय दर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६
आज घट्यो सुनचाँदीको मूल्य
 २०७९,असार,१६,बिहीवार ११:४२