अनेकौं रोग भगाउन खाली पेटमा कागतीपानी

काठमाडौं- कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् ।

पाचन क्रिया राम्रो
बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ ।

भिटामिन सी
शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।

छालामा निखार
कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।

मुखको दुर्गन्ध हट्छ
कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विषरहित बनाउन यसले मद्दत गर्छ ।

तौल कम गर्न
मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?