तिहारलाइ लक्षित गर्दै शिवम् सिमेन्टले ल्यायो यस्तो योजना

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले हिन्दुहरूको महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरूलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवमकाे साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना बजारमा ल्याएको छ ।

प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम सुरु गरेको कम्पनीले जनाएको छ ।

नेपालभर लागू गरिएको यो योजना सीमित अवधिका भएको पनी कम्पनीले जनाएको छ ।

लामो समयदेखि गुणस्तरीय असली ओपीसी सिमेन्ट उत्पादन गर्दै, निर्माण क्षेत्रमा लोकप्रियता हासिल गरेको कम्पनीको दाबी रहेको छ । साथै चाडपर्वलाइ लक्षित गरी आफ्ना ग्राहकहरूलाई विभिन्न योजनाहरू मार्फत थप उत्साह प्रदान गर्दै आउने क्रममा कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार तथा चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?