विज्ञहरुद्वारा पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं । विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन । वातावरणविद् रामचरित्र साह, चिकित्सक मेघनाथ धिमालले लेडयुक्त पेन्ट स्वास्थ्यको लागि घातक हुने भएकाले त्यसको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वातावरणविद् साहले नेपाल सरकारले लेडयुक्त पेन्टको मापदण्ड तोकेपनि त्यसको पूर्ण रुपमा परिपालना गराउन नसकेकाले मानव स्वास्थ्यमा समस्या देखा पर्दै आएकाले सो समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो ।

वातावरणविद् साहले लेडयुक्त पेन्टमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएकाले यसबारे सचेत हुन आम उपभोक्तालाई पनि आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै डा. धितालले मानव स्वास्थ्यका लागि घातकसिद्ध हुने भएकलो लेडयुक्त पेन्ट प्रतिबन्ध लगाउन उपयुक्त हुने सुझाव सरकारलाई दिनुभयो ।

चिकित्सक धितालले लेडयुक्त पेन्टसम्बन्धि मापदण्ड सरकारले घोषणा गरेपनि त्यसको परिपालना गराउन पहल गर्न नसकेको गुनासो पनि गर्नुभयो । लेडयुक्त पेन्टका कारण मानिसको मृर्गौंलानै ड्यामेज्ड भएर जाने, नपुंसक हुने लगायतका सम्भावना रहेको चिकित्सकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?