सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले पक्राउ पूर्जी जारी गरेपछि दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेका अभियुक्त नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ बयान दिन जिल्ला अदालतमा उपस्थित भएका थिए ।

काठमाडौंको चावाहिलमा गुरूङ्गसहितको समूहले खड्कालाई आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनी विरूद्ध मुद्दा दायर गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङलाई काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै पक्राउ गर्न पत्र जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?