मिडिया हबले जिग्री-पाँडेविरुद्ध दियो यस्तो उजुरी !

काठमाडौं । मिडिया हवले ‘सक्किगोनी’ को टिमविरुद्ध उजुरी प्रहरीमा दिएको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ विरुद्ध प्रहरीमा क्यारेक्टरहरुको कपि गरेको भन्दै मिडिया हबले कपिराइटको उजुरी दिएको हो । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को समूहलाई बोलाएको छ ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेको भन्दै उजुरी गरेको बताउनुभयो ।

यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले पारिश्रमिक नपाएको भन्दै सो टेलिश्रृंखला छाडेको थियो । त्यसपछि सो समुहले अर्को टेलिसिरियल ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । टेलीश्रृखला असोज २ गतेदेखि प्रशारणमा आएको थियो ।

यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट ‘भद्रगोल’को प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।

पुरानो टिमले छोडेपछि ‘भद्रगोल’को लोकप्रियता ह्वात्तै घटेको छ भने ‘सक्किगोनी’ले भने चाँडै लोकप्रियता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?