काठमाडौंमा प्रहरीको ‘सर्च अपरेसन’ : १४ महिलासहित ३२ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रबाट प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न रहका ३२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्ये १४ महिला र १८ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?