आलमले जिल्ला अदालत रौतहटमा बयान दिँदै

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला अदालतमा बयान दिने भएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

विभिन्न बहाना बनाउंदै २ पटकसम्म बयान दिन नमानेका आलमले तेस्रो पटक भने बयान दिन लागेका हुन् । उनलाई आज जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ । उनले यसपटक भने बयान दिने बताएको जिल्ला अदालत स्रोतले जनाएको छ ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद् तथा पूर्व मन्त्री आलममाथि अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म म्याद दिएको थियो। हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?