३ कार्तिक २०७६, आईतवार १२:०७

मलेसियामा कार्यरत एक नेपालीको मृत्यु


प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १२:०७

काठमाडौं । रोजगारीका लागि मलेसिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको आफन्त सुरेश ओलीले बताउनुभयो ।
केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेसिया जानुभएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
नेकपा सचिवालय बैठक : प्रवास समन्वय कमिटी इञ्चार्जमा पाण्डे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा

कुवेतमा २१ नेपाली अलपत्र: तत्काल उद्धार गर्न उद्योग समितीको निर्देशन

काठमाडौं । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता

बर्दियामा ५८ किलो चरेशसहित ५ जना पक्राउ

काठमाडौं । बर्दियामा ५८ किलो अवैध लागुऔषध चरेशसहित पाँचजना पक्राउ परेका छन् ।

नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई

काठमाडौं । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन