नवप्रवेशी मार्लोकासँग रियल मड्रिड पराजित

एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले हारको सामना गरेको छ । शनिबार राति भएको खेलमा मड्रिडले नवप्रवेशी क्लब मार्लोकासँग १-० ले पराजित भएको हो ।

खेलको सातौ मिनेटमा लाजो जुनियरले गरेको गोल रियललाई स्तब्ध पारेको थियो । ७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।

रियलको यो सिजनको पहिलो हार हो । जितपछि रियलले शीर्ष स्थानको अग्रतालाई गुमाउन पुगेको छ । रियल १८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाले रियलसंग एक अंकको अग्रता लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?