बोलोग्नालाई पछि पार्दै युभेन्ट्सको जित

एजेन्सी । युभेन्ट्सले सिरि ए फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नामाथि २-१ को जित हात पार्न सफल भएको हो ।

खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले अघिल्लो सातामात्र कीर्तिमानी ७ सय गोल पुरा गरेका थिए ।

लारान्गेराले २६ औ मिनेटमा गोल गर्दै खेल पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । पजनीले ५४ औ मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरे ।

शीर्ष स्थानको युभेन्ट्सले ८ खेलबाट २२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग चार अंकको अग्रता लिएको छ ।

बोलोग्ना ९ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?