नेपाल र थाइल्याण्डको बैंकक युनिभर्सिटी भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । थाइल्याण्डमा रहेका नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमले दोस्रो मैत्रीपूर्णमा थाइल्याण्डको बैंकक युनिभर्सिटी टिमसँग खेल्नेछ । नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुनेछ ।

यस अघि नेपालले शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको थियो । नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?