प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन् (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक भएको छ । गीतमा सपुतले ड्रग्सको कुलतमा फसेको एक व्यक्तिको अभिनय गर्नुभएको छ ।

सपुतको दिदीको रुपमा कलाकार सरिता लामिछानेले भूमिका निर्वाह गर्नुभएको छ ।  गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा रमेश बिजीको शब्द तथा बिबि अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ ।

संकर बिसीले निर्देशन गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गर्नुभएको हो । टीका माला बोलको गीतले तिहारमा दिदी बहिनी तिहारमा नआउँदाको पिँडालाई दर्शाउँन खाजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?