१३ असार २०७९, सोमवार

छैटौं इपिजीको बैठक आजबाट भारतको नयाँदिल्लीमा सुरु हुँदै

२०७४,पुष,२७,बिहीवार ०७:१२

9
Shares

काठमाडौं, २७ पुस । नेपाल–भारत प्रवुद्ध इपिजीको छैटौं बैठक आजबाट भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ दुई दिनसम्म चल्ने उक्त बैठकमा नेपाल र भारतबीच विगतमा भएका सन्धी सम्झौताको पुनरावलोकन गर्ने विषयमा छलफल हुनेछ त्यस्तै, इपिजीका पछिल्ला बैठकमा नेपाल र भारतबीच सन १९५० मा भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन पनि छलफलको मुख्य एजेण्डामा रहेको छ बैठकमा सीमा सुरक्षा व्यवस्थापन, जलश्रोत, दुई देशबीचको व्यापार लगायतका विषयमा पनि छलफल हुने बताइएको छ इपिजी बैठकमा नेपाल र भारतका तर्फबाट चार–चार जना सदस्य छन् । बैठकमा नेपालका तर्फबाट संयोजक डाक्टर भेषबहादुर थापासहित सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई रहेका छन् भने भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारीसहित सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी हुनेछन् २०७२ सालमा गठन भएको इपिजी बैठक नेपाल र भारतमा पालैपालो हुँदै आएको छ । नेपाल भारतबीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरि प्रतिवेदन बुझाउन इपिजीलाई दुई वर्षको समय दिइएको छ । दुवै पक्षले साझा प्रतिवेदन लेखेर आ–आफ्ना सरकारलाई बुझाउने छन् इपिजीको कार्यकाल आगामी असार २१ गते सकिँदैछ ।

प्रकाशित मिति: २०७४,पुष,२७,बिहीवार ०७:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् । सोमबार शिक्षा तथा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

खोटाङ । कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन् । काठमाडौंमा

ताजा समाचार

गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५