चिनियाँ अभिनेत्री छिङ पर्यटन वर्ष २०२० को सद्भावना दूतमा नियुक्त

काठमाडौं । चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूतमा नियुक्त हुनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सीलाई सद्भावनादूत नियुक्त गर्नुभएको हो ।

नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले छिङलाई भाञ्जीको संज्ञा दिनुभयो ।

अभिनेत्री छिङले नेपाल–चीनबीच सुमधुर सम्बन्ध रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?